
एजेन्सी । २०२५ सम्ममा भारतले बेलायतलाई पछाडि पारेर विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बन्ने भएको छ । यो मात्र होइन, २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान समेत गरिएको छ । २०२० मा भारतीय अर्थतन्त्र एक स्थान झर्दै छैठौं स्थानमा पुगेको छ ।
यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको हो । उक्त रिपोर्टमा २०१९ मा भारतको वृद्धि दर ४.२ प्रतिशत थियो । जुन १० बर्षको न्यूनतम वृद्धि हो ।
त्यस्तै उक्त प्रतिवेदनमा चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ । चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ ।
भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ । सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ ।चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन ।
चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ । चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड–१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए ।
।
प्रतिक्रिया दिनुहोस