aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

डिजिटल मनीको एक वर्षमा २७१ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
डिजिटल मनीको एक वर्षमा २७१ प्रतिशतले वृद्धि

एजेन्सी । विश्वको सबैभन्दा प्रसिद्ध (डिजिटल करेन्सी) क्रिप्टोकरन्सी बिटकोइनको मूल्यहरू चढ्ने क्रम जारी रहेको छ ।  पहिलो पटक बिटकइनको मूल्य प्रति इकाई २६ हजार डलर प्रति युनिट पार गरेको छ । यो आइतबार बिहान २६९०० डलर प्रति युनिट नजिक पुगेको छ ।  पछिल्लो २४ घण्टामा बिटकइनको मूल्य ८ प्रतिशतभन्दा बढिले बढेको छ ।

 यस वर्षमा बिटकइनको मूल्य २७१ प्रतिशतले बढेको छ । आइतबार बिटकोइन ७.२९ प्रतिशतले प्रति २६६६९.७५ डलर प्रति युनिटभन्दा बढीले बढेर कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस