aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
प्रदेश ५ बजेट

प्रदेश ५ बजेटः प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट (पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
प्रदेश ५ बजेटः प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट (पूर्णपाठ सहित)

रुपन्देही– प्रदेश ५ ले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।

सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ ।

बजेटले कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेश ५ सरकारले बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुमा समेत रकम विनियोजन गरिएको छ ।

 

पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस