aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

२१ दिनभित्र बक्यौक्ता रकम उपलब्ध गराउने सरकार र उखु किसानबीच सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
२१ दिनभित्र बक्यौक्ता रकम उपलब्ध गराउने सरकार र उखु किसानबीच सहमति


काठमाडौं । उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम भुक्तान गराउने सहमति भएसँगै माइतीघर मण्डलमा आन्दोलनरत किसानहरूले धर्ना स्थगन गर्न तयार भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार किसान प्रतिनिधिसँग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् ।  ‘किसानको बक्यौता रकम २१ दिन भित्र उद्योगीलाई उपलब्ध सहमति भएको हो । सो अवधिमा बक्यौक्ता रकम भुक्तान नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति सरकार र किसानबीच सहमति भएको हो । 
 

सर्लाही र रौतहटका करिब २५ हजार उखु किसानले लामो समयदेखिको उखु बिक्री गरेको भुक्तानी पाएका छैनन्। सर्लाही र रौतहट गरी करिब १२ हजार किसानले अन्नपूर्ण सुगर मिलबाट २०७० देखि २०७५ सम्मको बक्यौता पाएका छैनन्। अन्नपूर्णले ५० करोड रुपैयाँ भुक्तान गर्न बाँकी छ। यस्तै सर्लाहीकै महालक्ष्मी सुगर मिलले गत वर्ष उखु खरिद गरेबापत १३ हजार किसानको साढे २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

उखु किसानहरु दोस्रो पटक राजधानी केन्द्रित आन्दोलनमा उत्रिएपछि कुल ६५ करोड रुपैयाँ बराबरको बक्यौता रकममा हालसम्म ४० करोड रुपैयाँ भुक्तानी दिइसकेको उद्योगहरुले जनाएका छन् । बाँकी २५ करोड रुपैयाँ पनि भुक्तानीकै क्रममा रहेको छ । गत आवमा पनि यसरी नै उखु किसानहरू बक्यौक्ता रकम उठाइदिन सरकारलाई आग्रह गर्न काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस