aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बेलायतबाट आएका ५  जनामा कोरोना संक्रमण

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, १४ पुस २०७७
बेलायतबाट आएका ५  जनामा कोरोना संक्रमण

काठमाडौं । बेलायतबाट फर्केका ५ जनामा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको होरहोइन भन्ने यकिन गर्न अनुसन्धान सुरु भएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस फैलिइरहेकाले उनीहरूमा पनि त्यसैको संक्रमण भएको आशंका गरिएको हो । पहिले देखिएको ‘सार्स सीओभी–२’ को दाँजोमा ७० प्रतिशत छिटो फैलिने नयाँ स्वरूपको कोरोनाको जोखिममा नेपाल रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

बेलायतबाट फर्केका संक्रमित व्यक्तिको नमुना विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को सहयोगमा परीक्षण गरेर नयाँ खाले कोरोना भाइरस भए नभएको किटान गरिने स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा। वासुदेव पाण्डेले बताए । ‘वेलायतबाट फर्किएकाहरूमध्ये हालसम्म ५ जनामा कोभिड देखिएको छ,’ उनले भने, ‘बेलायतवाट आएकाहरू विभिन्न प्रदेशमा समेत गइसकेकाले उहाँहरूलाई स्थानीय तहहरूमार्फत निरन्तर फलोअप गर्न भनेका छौं । उहाँहरूलाई १० दिनसम्म अनिवार्य आइसोलेसनमा राख्नसमेत भनेका छौं ।’

बेलायतबाट पुस १ गते यता फर्किएका १ सय ९३ जना सम्पर्कमै रहेको सरकारी अधिकारीहरूको दाबी छ । उनीहरूमा लक्षण नभए पनि नमुना लिइने र उनीहरूको निकट सम्पर्कमा रहेकाहरूमा लक्षण देखिँदा नमुना लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षणमा कोभिड पोजिटिभ आउँदा नयाँ भाइरसको शंकास्पद केसका रूपमा लिने रणनीति स्वास्थ्य मन्त्रालयको छ । ‘बेलायतबाट र बेलायत भएर आउने हाम्रो सूचीमा छुटेका भएका भए उहाँहरू सबैलाई सरकारी प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण गराउन अनुरोध गर्छौं,’ डा।पाण्डेले भने, ‘सकेसम्म सबै व्यक्तिको नमुना लिएर परीक्षण गर्ने र शंकास्पद नमुनामा नयाँ प्रजातिको कोभिड हो वा होइन भनेर पहिचानको प्रयास गरिनेछ ।’

नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । ‘कोभिडको कुनै पनि प्रकार ९भेरिएन्ट० लाई पीसीआर परीक्षणले पोजिटिभ देखाउँछ’, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक, भाइरोलोजिस्ट डा। श्रवणकुमार मिश्रले भने, ‘जिनोम सिक्वेन्सिङ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए नभएको छुट्याउन सकिन्छ ।’ उनका अनुसार डब्लूएचओको क्षेत्रीय रिफरेन्स प्रयोगशालामा नमुना पठाएर जिनोम सिक्वेन्सिङ गर्न सकिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल० मा रहेको नेसनल इन्फ्लुएन्झा सेन्टर ९एनआईसी० मार्फत शंकास्पद नमुना परीक्षणका लागि उपयुक्त प्रयोगशालामा पठाउने तयारी रहेको डा। पाण्डेले जानकारी दिए ।

डब्लूएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले कोभिडको नयाँ स्ट्रेनबाट आत्तिनुपर्ने आवश्यक नभएको बताएकी छन् । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल (ईसीडीसी) को अनुमानअनुसार यो प्रजातिको संक्रमण बढी तीव्र गतिले फैलिन्छ र युवालाई बढी प्रभावित गर्छ । ‘सबै भाइरस म्युटेट हुन्छन्, यो धेरै सामान्य कुरा हो । 

प्रतिक्रिया दिनुहोस