काठमाडौ. । शिवसेना नेपाल गोदावरी नगरपालिकास्थित आनन्द वन अस्पतालमा शनिबार छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोप शिवसेना नेपालका केन्द्रीय अभियन्ता मनोज सापकोटाले लगाए । नेपालका मौलिक रैथाने धर्मसंस्कृति बचाउने अभियानमा लागेकाले यस्ता गतिविधि बढ्न नदिने पनि उनले चेतावनी दिए ।
अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप सापकोटाले लगाए । बिरामीका शैह्याबाटबाट बाइबल निकालिएका थिए ।
‘कम्तीमा ३० बाइबल जलायौं’, उनले भने, ‘नेपालमा यस्ता गतिविधि हुन दिँदैनौं ।’ उनले कुनै रिसइबी वा वैरभावले यस्तो नगेको दाबी गरे । पाल्पा, रुकुम, रोल्पालगायत जिल्लाबाट पनि इसाई धर्मप्रचारको गुनासो आएको उनले बताए । बिहानबेलुका बिरामी र स्टाफलाई प्रार्थना गर्न लगाउने तथा बाइबल पढ्नैपर्ने नियम अस्पतालमा भएको आरोप पनि उनले लगाएका छन् । आजको अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस