
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष गफै गफमा बिताएको छन् । प्रचण्ड -नेपाल पक्षको विशाल आन्दोलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ओली सरकारले तीन वर्षमा पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको जति पनि काम गरेनन् । उनले तीन वर्षको समय गफै गफमा बिताए ।’ खनालले थपे, ‘अधिकाशं सरकारी नियुक्ती एकलौटीरुपमा गरे । वारम्बार पार्टीको नीति र देशको आवश्यकता अनुसार नीति बनाएर सुझाव दिँदा समेत उनले सुनेनन् ।’
प्रतिक्रिया दिनुहोस