aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

जनवरी १ देखि भारतमा चेक साट्न नयाँ नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
जनवरी १ देखि भारतमा चेक साट्न नयाँ नियम

एजेन्सी । भारतीय बैंकहरुमा जनवरी १ देखि चेक भुक्तान प्रणालीमा ठूलो परिवर्तन हुनेछ । भारतीय रिजर्व बैंकले जनवरी १, २०२१ देखि पोजेटिभ भुक्तानी प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो पोजेटिभ भुक्तानी प्रणाली भनेको भारतीय बैंकहरुमा यो नयाँ नियम हो । 

५०,००० भन्दा माथि भुक्तानको लागि आवश्यक विवरणहरू फेरि यकिन गर्न आवश्यक हुन्छ । चेकमार्फत भुक्तानीको यो नयाँ नियम १ जनवरी २०२१ देखि लागू हुनेछ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले यो वर्षको अगस्ट ६मा मौद्रिक नीति समितिको अर्थमन्त्री एमपीसीको बैठकमा यो घोषणा गरेका थिए । 

पोजेटिभ भुक्तानी प्रणाली फ्रण्डलाई समात्ने एक प्रकारको उपकरण हो । यो प्रणाली अन्तर्गत ५० हजारभन्दा माथिका चेक जारी गर्छन् । तब उसले आफ्नो बैंकलाई पूरै विवरण दिनुपर्नेछ । चेक जारी गर्नेले बैंकलाई इलेक्ट्रोनिक रूपमा एसएमएस, इन्टरनेट बैंकि,, एटीएम वा मोबाइल बैंकिङ मार्फत चेकको मिति, बेनिफेशियरीको नाम, खाता नम्बर, कुल रकम र अन्य आवश्यक जानकारी भर्न पर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस