aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । 

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ । त्यसपछि यहाँका अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।  

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस