सिंहदरवारभित्रको हेल्थ हेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए ।
देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क संचालन गर्न आवश्यक औषधिको आपूर्तिका लागि र्जयाका निकाय बीच समन्वय नहुँदा सेवा नै अवरुद्द हुने अवस्था देखिएको हो ।
सिंहदरबार भित्र करिव ७ हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले हेल्थ डेक्स संचालन गरेको थियो । तर, महिनौ देखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा नपाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस