
काठमाडौं । आइतबार मुलुकमा सातवटै प्रदेशहरुले आफ्नो आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशहरुले प्रस्तुत गरेको बजेटको कुल आकार २५९ अर्बको छ ।
प्रदेश नं. ३ ले सबैभन्दा ठुलो ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट पेश गरेको छ । त्यसैगरी सबैभन्दा सानो आकारको बजेट सुदूरपश्चिम प्रदेशको छ, जसको आकार २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको रहेको छ । प्रस्तुत छ सबै प्रदेशको बजेटमा विनियोजित रकमको साराशंः
प्रदेश १ः
कुल बजेटः ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ
चालूः १८ अर्ब ५४ करोड ५४ लाख ७६ हजार रुपैयाँ (४३.९ प्रतिशत)
पुँजीगतः २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ (५५.९ प्रतिशत)
वित्तीयः ८ करोड रुपैयाँ (०.२ प्रतिशत)
प्रदेश २ः
कुल बजेटः ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ
चालूः १९ अर्ब २६ करोड १ लाख ९७ हजार रुपैयाँ (४९.७३ प्रतिशत)
पुँजीगतः १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (४९.७५ प्रतिशत)
वित्तीयः २० करोड रुपैयाँ (०.५२ प्रतिशत)
प्रदेश ३ः
कुल बजेटः ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ
चालूः २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ (५१.३९ प्रतिशत)
पुँजीगतः २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ (४७.९८ प्रतिशत)
वित्तीयः ३० करोड रुपैयाँ (०.६३ प्रतिशत)
गण्डकी प्रदेशः
कुल बजेटः ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ
चालूः १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८ प्रतिशत)
पुँजीगतः १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२ प्रतिशत)
प्रदेश ५ः
कुल बजेटः ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ
चालूः १३ अर्ब ४५ करोड ५ लाख रुपैयाँ (३६.९४ प्रतिशत)
पुँजीगतः १८ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ (५१.०१ प्रतिशत)
वित्तीय हस्तान्तरणः ४ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ (१२.५२ प्रतिशत)
कर्णाली प्रदेशः
कुल बजेटः ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ
चालूः १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ (३८ प्रतिशत)
पुँजीगतः २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ (६२ प्रतिशत)
सुदूरपश्चिम प्रदेशः
कुल बजेटः २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँ
चालूः १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार रुपैयाँ (४४.६४ प्रतिशत)
पुँजीगतः १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ (४६.४० प्रतिशत)
वित्तीयः ४० करोड रुपैयाँ (१.४२ प्रतिशत)
वित्तीय हस्तान्तरणः २ अर्ब १२ करोड २१ लाख ७२ हजार (७.५४ प्रतिशत)
प्रतिक्रिया दिनुहोस