
एजेन्सी । विटक्वाइन क्रिप्टोकरन्सीको विश्वमा सबैभन्दा उच्च मूल्यमा बिहीबार पुगेको छ । विहीबार पहिलो पटक क्रिप्टोकरन्सीको प्रति यु्निट २९,००० डलर कोभन्दा माथि पुगेको छ ।
यो विटक्वाइन क्रिप्टोकरन्सीले लगानीकर्ताहरूलाई गत एक बर्षमा ३०० प्रतिशतभन्दा बढी प्रतिफल कमाउन सफल भएको छन् । यो मार्च मार्चको तुलनामा ६०० प्रतिशतभन्दा बढी र एकभित्र महिनामा ५०.३७ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
गत २४ घण्टामा २९,२२८.३८ डलरभन्दा माथि कारोबार भएको छ । यसबिचमा २७,४९५.६४ डलरसम्म तल झरेको थियो । गत २६ डिसेम्बरमा क्रिप्टोकुरेन्सीको प्रति युनिट २५,००० डलर थियो । आइतवार डिसेम्बर २७ एकै दिन २६,०००, २७,००० र २८,००० डलरसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस