aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

काठमाडौँमा पुग्यो ३३.५ डिग्री, अझै कति गर्मि बढ्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
काठमाडौँमा पुग्यो ३३.५ डिग्री, अझै कति गर्मि बढ्ला ?

एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् । 

काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ । 

आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस