aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

  • रासस
    रासस
  • शुक्रबार, १७ पुस २०७७
वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक ९अधिवेशन० आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस