
एजेन्सी । भारतको शेयर बजारको नियामक सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले भारतका धनी व्यक्ति रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) का अध्यक्ष र प्रबन्ध निर्देशक मुकेश अंबानीलाई करोडौ जरिवना लगाएको छ । उनका दुई कम्पनीको शेयरमा घोटला गरेका कारण जरिवना गरेको हो । नोभेम्बर २००७ मा रिलायन्स पेट्रोलियम लिमिटेड (आरपीएल) को शेयरमा हेरफेर गरेको आरोपमा उनलाई पेनाल्टी स्वरुप कारबाही गरेको छ ।
सेबीले आरआईएल कम्पनीलाई २५ र अध्यक्ष मुकेश अम्बानीलाई १५ करोड भारु जरिवाना लगाएको छ । यसबाहेक सेबीले नवी मुम्बई सेज प्राइवेट मुम्बाइ लिमिटेडलाई २० करोड जरिवाना तिर्नसमेत आग्रह गरेको छ । यो केस नोभेम्बर २००७ मा नगद र फ्यूचर क्षेत्रहरूमा आरपीएल शेयरको बिक्री र खरिदसँग सम्बन्धित रहेको छ ।
मार्च २००७ मा आरआईएलले आरपीएलमा ४.१ प्रतिशत शेयर बेच्ने निर्णय गरेको थियो । सेवीले आफ्नो आदेशमा भनेको छ, धितोको मात्रा वा मूल्यको कुनै पनि हेरफेरले लगानीकर्ताको विश्वासलाई सँधैको लागि नष्ट गर्दछ । सेबीका सहायक अधिकारीका अनुसार पुँजी बजारमा हेरफेर गर्ने यस्ता घटनाहरुलाई कडाईका साथ कार्यान्वयन गर्न पर्छ ।
२४मार्च २०१७ मा सेबीले आरपीएल र आरपीएल प्रकरणमा अन्य संस्थाका लगानीकर्तालाई ४४७ करोड फिर्ता गर्न आदेश दिएको थियो । आरआईएलले सेबीको यो आदेशको विरूद्ध सेकुरिटी अपिल ट्रिब्यूनलमा अपील गरेको थियो ।
प्रतिक्रिया दिनुहोस