aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारको आदेश, 'चिया बगानलाई मल नबेच्नु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
सरकारको आदेश, 'चिया बगानलाई मल नबेच्नु'

बिर्तामोड । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई पत्राचार गरेर चिया बगानहरुलाई मल बिक्री नगर्न निर्देशन दिएको छ । सरकारको उक्त निर्णयका कारण झापाका चिया बगानहरुले १५ दिनदेखि मल पाएका छैनन् । मलखादका लागि चिया बगान सञ्चालकहरुले कम्पनीमा निरन्तर ताकेता गरिरहेका छन् । 

कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखालाई जेठ १५ गते चिया तथा कफीसम्बन्धी खेतीका लागि मलखाद बिक्री बितरण नगराउन निर्देशन प्राप्त भएको छ ।

कृषि सामग्री कम्पनीको प्रधान कार्यालयले अनुदानको मलखाद चिया तथा कफी खेतीलाई उपलब्ध नगराउन बिर्तामोड कार्यालयलाई परिपत्र गरेको हो । 

चिया बगानलाई मलखाद बिक्री रोक्नुको कारण भने पत्रमा नखुलाइएको बिर्तामोड शाखाले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस