aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रेष्टुरेन्टको खाना खाँदा प्रधानमन्त्री पत्नीलाई जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
रेष्टुरेन्टको खाना खाँदा प्रधानमन्त्री पत्नीलाई जरिवाना

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नीलाई ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना तोकिएको छ । निवासमा खाना बनाउने मानिस नभएको भन्दै प्रधानमन्त्री नेतन्याही पत्नी साराले रेष्टुरेन्टबाट खाना मगाएर खाने गरेकी थिईन् ।

रेष्टुरेन्टबाट महंगो खाना मगाएर खाई राज्यकोषको दुरुपयोग गरेको भन्दै अदालतले ५५ हजार सेकल अर्थात १५ हजार दुई सय ७५ अमेरिकी डलर जरिवाना गर्न आदेश दिएको हो । 

द जेरुसेलम मेजिस्ट्रेट कोर्टसमक्ष सारा नेतन्याहुले मुद्दामा दाबी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरुपयोग नगरेको भन्दै जरिवाना रकममा पुर्नविचारका लागि अपिल गरेकी छन् । यसप्रति अदालतले पनि सहमति दिएको छ । 

६० वर्षीया प्रधानमन्त्री पत्नी सारामाथि छलपूर्ण तरिकाले सरकारको रकम हिनामिना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप लागेको हो । प्रधानमन्त्री निवासको नियमप्रति नेतान्याहु पत्नी सारा अनभित्र रहेको र पाहुनाका लागि उनको सहयोगीले खाना मगाएका थिए ।

यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दबाबमा उनीप्रूति छानबिन भएको सरकारी वकीलले जनाएका छन् । प्रधानमन्त्री नेतन्याहुमाथि पनि भ्रष्टाचार आरोप लगाईदै आएको छ । तर उनले आफुले भ्रष्टाचार नगरेको दाबी गर्दै आएका छन् । 


 

प्रतिक्रिया दिनुहोस