aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोदीसँग माग, 'पानी छैन्, मर्ने अनुमति देऊ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
मोदीसँग माग, 'पानी छैन्, मर्ने अनुमति देऊ'

एजेन्सी । उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन् । खानेपानीबाट निकै पीडित भएपछि उनले पत्र लेखेर प्रधानमन्त्रीसमक्ष आत्महत्योका लागि अनुमति मागेका हुन् । 

उनले थोपा थोपा पानीका लागि तड्पिनुभन्दा आत्महत्या गर्नु राम्रो ठानेको भन्दै तयसको लागि प्रधानमन्त्रीसँग अनुमति मागेको बताए । हाथरस जिल्लाको हासयान ब्लक निवासी किसान चन्द्रपाल सिंहले नुनिलो पानी खान सम्भव नभएको बताए ।

यसका लागि उनले सरकारी अधिकारीलाई भेटेको तर सुनुवाई नभएको स्पष्ट पारे । सिंहले भने, 'हामी यो पानी खान सक्दैनौं । मेरो छोरी पनि यो पानी खाएपछि बान्ता गर्न थाल्छे । पानीमा नुनको मात्रा निकै भएकाले बालीनाली पनि बर्बाद भएको छ ।' 

बोतलको पानी किनेर खुवाउन सक्ने आफ्नो हैसियत नभएको उनको भनाई छ । आफ्नो पीडा सरकारी अधिकारीलाई बताए पनि सुनुवाइ नभएको भन्दै उनले भने, 'मैले प्रधानमन्त्रीसँग आफु र आफ्ना छोरीको जीवन अन्त्य गर्ने अनुमति मागेको छु ।' 

प्रतिक्रिया दिनुहोस