aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

विदेशबाट कोरोना संक्रमित विरामी नेपाल ल्याउने नेवानीका कर्मचारी कारबाहीमा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, २० पुस २०७७
विदेशबाट कोरोना संक्रमित विरामी नेपाल ल्याउने नेवानीका कर्मचारी कारबाहीमा

काठमाडौं । मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता बोलाइएको छ । निगमका एक उच्च अधिकारीका अनुसार त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौँ फिर्ता बोलाएको हो ।

गत बुधबार निगमको क्वाललम्पुर–काठमाडौँका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएक एक जना कोरोनाका बिरामी रहेको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट नै पोजेटिभ भेटिएको थियो ।

उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट असुलउपर गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस