aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अलीबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि हराएको आशंका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
अलीबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि हराएको आशंका

एजेन्सी । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा दुर्इ महिनादेखि हराएको आशंका गरिएको छ । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार ज्याक मा गत दुई महिना यता बेपत्ता भएका हुन् । 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो । उक्त शोमा उनलाई निर्णायक मण्डलको रुपमा छानिएको थियो ।

 तर, उनी अनुपस्थित भएपछि उनको स्थानमा अलिबाबाका कार्यकारी लुकी पेङलाई राखिएको थियो । ज्याक माको फोटो ट्यालेन्ट सोको निर्णायक प्यानलबाट पनि हटाइएको बेलायती समाचार संस्था टेलिग्राफले बताएको छ । साथै सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहने ज्याक माले गत अक्टोबर १० यता कुनै पनि ट्वीट गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस