aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

युद्धको तयारीका लागि चिनियाँ सैन्य कानुनमा परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
युद्धको तयारीका लागि चिनियाँ सैन्य कानुनमा परिवर्तन

एजेन्सी । चीनका राष्ट्रपति सी जिन पिङले चीनको राष्ट्रिय रक्षा कानुनमा ठुलो परिवर्तन गर्ने आदेशमा हालै हस्ताक्षर गरेका छन् । यो बदलावसँगै अब त्यहाँको सेन्ट्रल मिलिटरी कमिसन (सिएमनि)सँग राष्ट्रिय हित रक्षाका लागि सेनालाई तैनाथ राख्ने पर्याप्त अधिकार प्राप्त भएको छ ।  

राष्ट्रपति सी नै सिएमसिका समेत प्रमुख हुन् । उनले हालै गरेको यो परिवर्तन त्यहाँ युद्धको तयारी गर्न र त्यसका लागि क्षमता अभिवृद्धि गर्नमा केन्द्रित रहेको चिनियाँ समाचार संस्था सिन्हाले आफ्नो टिप्पणीमा उल्लेख गरेको छ । 

अहिलेको नयाँ नियम अनुसार जब चीनको सम्प्रभुता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा या विकासको मार्गमा कुनै खतरा भएमा त्यहाँ राष्ट्रिय वा स्थानियरुपमा सेना तैनाथ गर्न सकिनेछ । 

नयाँ कानुनमा विकासको हितको सन्दर्भ थप गरिएको हो । विश्लेषकहरूले यही विषयलाई परिभाषित गर्नेक्रममा के भनिरहेका छन् भने चीनको विकासको हितले उसको विदेशमा समेत रहेको आर्थिक हित र त्यहाँ गरिएको लगानीको सुरक्षाको विषयलाई समेत समेट्छ । यसको अर्थ यो हो की चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा उसले आफ्ना सेना सहभागी गराउन सक्छ । 

चीनले आफ्ना कानुनमा गरिएको यो परिवर्तनबाट कतिपय शक्ति राष्ट्रहरू यतिसम्म आत्तिएका छन् की उनीहरू यही संशोधनको माध्यमद्वारा अब चिनियाँ सेनाको दायरा आफ्नो भौगोलिक सीमा, सामुन्द्रिक सीमा, हवाई, वायु क्षेत्रभन्दा पनि अगाडि बढेर इलेक्ट्रीम्याग्नेटिक नेटवर्क र अन्तरिक्षसम्म समेत पुग्नेछ भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्  ।
 

प्रतिक्रिया दिनुहोस