aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

६५ करोडभन्दा बढी राजस्व छली गरेको आरोपमा १३ वटा फर्म विरुद्ध मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
६५ करोडभन्दा बढी राजस्व छली गरेको आरोपमा १३ वटा फर्म विरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली बिजक प्रयोग गरी ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैयाँ राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ । आर.के.एम प्रालिलगायत कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा १३ वटा फर्म दर्ता गरि राजस्व छली गरेका हुन् । 

सर्लाही धनकौल गाउँपालिका वडा नम्बर ६ बस्ने मुख्य कारोबारी प्रदीप साहसहित १० जना विरुद्ध उच्च अदालत पाटनमा आज सोमबार मुद्दा दर्ता गरिएको हो ।  

आरकेएम ट्रेडिङ प्रालि लगायत १३ वटा फर्मको बैंक खाता सञ्चालन साहले गर्दै आएको अनुसन्धानबाट खुलेको छ । विभिन्न फर्महरुको नाममा झुट्ठा तथा नक्कली बिल बिजक जारी गरी आव २०७३÷७४ देखि २०७५÷७६ सम्म मूल्य अभिवृद्धि करतर्फ २२ करोड ४९ लाख, आयकर तर्फ ३७ करोड ५८ लाख र लाभांश करतर्फ ५ करोड २० लाख रुपैयाँ राजस्व चुहावट भएको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस