aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चुरेमा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
चुरेमा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौंडा । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौंडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भई अस्पताल लगिएकी उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस