aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २१ पुस २०७७
जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

काठमाडौं । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पोरेसनले प्रस्ताव गरेको जानकारी दिए ।

‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे । उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए । भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उहाँले जानकारी दिए ।

मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उनले भने, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस