aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज मेघ गर्जनसहित वर्षा हुने, तीन दिन सम्मको मौसम हेर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
आज मेघ गर्जनसहित वर्षा हुने, तीन दिन सम्मको मौसम हेर्नुहोस्

काठमाडौं । सोमबार दिउँसो देशका पूर्वी, मध्य तथा पश्चिमी पहाडी क्षेत्रहरुमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो पूर्व, मध्य र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । सोमबार राति पूर्वी भू–भाग लगाएत मध्य र पश्चिमी पहाडी भु–भागका सामान्य बदली रही बाँकि भु–भागमा आंशिक बदली हुने महाशाखाले जानकारी दिएको छ । त्यस्तै पूर्व, मध्य र पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार दिउँसो पनि मुलुकभर आंशिकदेखि सामान्य बदली हुने तथा केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राति पूर्वी भू–भागलगाएत मध्य र पश्चिमीका पहाडी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली हुनेछ । मंगलबार पूर्वका केही र मध्य तथा पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस