aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अन्ततः कतारसँग झुक्यो साउदी अरब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ पुस २०७७
अन्ततः कतारसँग झुक्यो साउदी अरब

एजेन्सी। कुवेतले घोषणा गरेको छ कि साउदी अरबले कतारको लागि एउटा ठूलो कदम चालेको छ।  अब साउदीले कतारको लागि आफ्नो जमिन र समुद्री सिमाना खोलिरहेको छ। खाडी देशहरूका लागि यो ठूलो घटना किन मानिन्छ भने कतारका धेरै छिमेकी देशहरूले यसलाई बिगत तीन वर्षदेखी एक्लै पारेका थिए र बिनाकुनै कारण कतारमाथी प्रतिवन्ध लगाएका थिए। 

मंगलबार साउदी अरेबियामा सम्पन्न गल्फ को-अपरेशन काउन्सिल (जीसीसी) सम्मेलनमा भएका निर्णयको आधारमा अब विवाद समाप्त गर्न सम्झौतामा हस्ताक्षर हुनेछ। साढे तीन वर्ष अघि कतारका छिमेकीहरूले उनीमाथि आतंकवाद बढाएको आरोप लगाएपछि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएको थियो।

साउदी अरेबिया सँगै युएई, बहराईन र इजिप्टले पनि कतारमाथी व्यापार, कूटनीतिक र यात्रा प्रतिबन्धहरू लगाएर 'घेरा हाल्ने' काममा भाग लिएका थिए। तर, कतार एक धेरै सानो र धनी खाडी मुलुक हो  जसले जिहादी अतिवादलाई बढावा दिने आरोपलाई सँधै अस्वीकार गर्दै आएको छ ।

बिबिसीले जनाए अनुसार कतारमाथिका  यी प्रतिबन्ध केही महिनाको मध्यस्थता र लामो कूटनीतिपछि हटाइएको छ र कुवेतले यसमा प्रमुख भूमिका खेलेको छ। कतार माथि "साढेतीन वर्षको घेराबन्दी" कतारको अर्थतन्त्र र खाडी एकताको धारणा दुबै लागि महँगो साबित भएको छ। 

सम्बन्ध सुधारको क्रम अघि बढे सँगै कतारका अमीर तमीम बिन हमद अलथानीले साउदीमा आयोजित सम्मेलनमा साउदी अरेबियाका राजा सलमानको निम्तो स्वीकारेका छन्। उक्त सम्मेलन आयोजक मध्येका एक स्रोतले भनेका छन् कि साउदीले एयरवे र समुद्री सतह खोल्ने निर्णयलाई आत्मविश्वासको आवश्यकता छ त्यसैले आमिरको उपस्थिति धेरै महत्त्वपूर्ण छ।

सन् २०१७ मा घेराबन्दी गरेपछी आमिरले कतारी नागरिकहरूको आफ्नो देश आउन प्रतिबन्ध लगाएको देश भ्रमण नगर्ने कुरा भनेका थिए।
कतार फारसी खाडीमा सउदी अरेबियाई प्रायद्वीपको छेउछाउको एकदम सानो देश हो। धेरै जसो मरुभूमि हो। तर आज यसको राजधानी दोहा विश्वको सबैभन्दा चम्किला शहरहरु मध्ये एक हो।

कतारमा गत पचास बर्षमा तेल र ग्यासको ठूला स्टकहरू भेटिए, जुन पछि यसको मूल्य परिवर्तन भयो। आजसम्म कतारसँग विश्वको सबैभन्दा ठूलो ग्यास सञ्चय छ। यो यसको समृद्धिको कुञ्जी हो।

प्रतिक्रिया दिनुहोस