aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले बुधबार राजीनामा दिएका छन् । बोहोराले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।  

नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् । ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

उनले राजीनमापत्रमा प्रदेशभित्रको आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न लगानीमैत्री कानून र संरचना तयार भएको बताएका छन् । मन्त्रध बोहराले देशको कूल गार्हस्थ उत्पादनमा आफ्नो प्रदेशको हैसियतलाई बढाउँदै लगिएको बताएका छन् ।

उनले सात वटा प्रदेश सरकारहरु मध्ये वित्तिय अनुसाशसनको परिपालना गर्दै धेरै पूँजीगत खर्च गर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस