aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

उदयपुरमा ओली समुहको शक्ति प्रर्दशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
उदयपुरमा ओली समुहको शक्ति प्रर्दशन

उदयपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली समूहका युवा बिद्यार्थीले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा शक्ति प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट गाडी रिर्जभ र मोटरसाईकलमा आएका युवा बिद्यार्थीले प्रधानमन्त्रीको कदम स्वागतयोग्य भएको भन्दै प्रर्दशन गरेका हुन् । पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक–पटक प्रदर्शन गरेपनि ओलीसमूहको भने यो पहिलो प्रदर्शन थियो ।

यसअघि गाउँ–गाउँमा संगठन बिस्तार गर्दै हिडेको ओली समुहले बुधबार प्रधानमन्त्री ओलीको संसद विघटनको कदमको समर्थनमा त्रियुगा, चौदण्डिगढी, बेलका र कटारी नगरपालिकाका झण्डै दुई हजार युवा बिद्यार्थीलाई प्रर्दशनमा उतारेको हो । सदरमुकाम गाईघाटको लोकतान्त्रिकचौकबाट निकालिएको र्याली टाउन पार्टी प्यालेसमा पुगि सभामा परिणत भएको थियो । 

सभालाई राष्ट्रिय युवा संघका संहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा लगायतका नेताहरुले बोलेका थिए । उनीहरुले पार्टीभित्रको घेराबन्दिका कारण प्रधानमन्त्रीले संसद विगठन गर्न बाध्य भएको बताए । उनीहरुले अहिलेको अवस्थामा जनतामा जानुको विकल्प नभएको बताए । 

सभामा बोल्ने वक्ताहरुले राष्ट्रियताको पक्षमा काम गर्दा प्रधामन्त्री केपी ओलीलाई हटाउने खेल भएकोले जनतामा जाने निर्णय गर्नु जायज भएको बताए । पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक पटक प्रदर्शन गरेपनि ओलीसमूहको भने यो पहिलो प्रदर्शन थियो ।

नेताहरुले दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बताए । उनीहरुले प्रधानमन्त्री ओलीकै समूहमा नेकपा र सूर्य रहने र ओली समूह नै आधिकारिक नेकपा भएको बताए ।

प्रतिक्रिया दिनुहोस