aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा हङ्गामा, गोली लागेर एक महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा हङ्गामा, गोली लागेर एक महिलाको मृत्यु

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन छिरेपछि प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ। नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए। 

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई  सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए।

परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।राष्ट्रपति ट्रम्पले केही समयपछि  भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्। उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्। 

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस