
एजेन्सी । अमेरिकाको राष्ट्रपतिकारुपमा दोहोरिन त्यहाँका जनताहरुले भोट नदिएर कारवाही गरेका डोनाल्ड ट्रम्पलाई सोसल मिडियाहरुलेसमेत कारवाही गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पको अकाउन्ट हाललाई १२ घण्टाका लागि बन्द गरेको छ ।
उनले चुनावसम्बन्धी गरेको ट्वीटको विषयमा यस्तो कारवाही गरिएको हो । ट्वीटरले भनेको छ, ‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक स्थितीलाई मध्यनजर गर्दै हामीलाई लाग्छ कि डोनल्ड ट्रम्पले आफ्ना तीन ट्वीट्स हटाउनु पर्नेछ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ ।’
यदि उनले ‘सिविक इन्टेग्रिटी पोलिसी’ को पुनः उल्लंघन गरे भने उनको अकाउन्ट सधैंका लागि बन्द गरिने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस