
ऐजेन्सी । फार्मा इस्डस्ट्रिसँग जोडिएका कम्तिमा ५० जना २०२० मा अर्बपति बनेका छन् । यसमा इंन्डस्ट्रियलिस्ट वाहेक साइंटिस्ट र प्रोफेसर पनि सम्मिलत रहेका छन् । एक वर्ष अगाडिसम्म अपरिचित व्यक्तिहरु कोरोना कालमा अचानक अर्बपतिहरुको सूचिमा परेका हुन ।
कोभिडको १९ को कारण विश्वभरी १८ लाखभन्दा बढिले ज्यान गुमाएका छन् । विश्वको आर्थिक वृद्धि दर ५ प्रतिशतले झर्ने अनुमान रहेता पनि यो महामारीमा केही व्यक्तिहरु अर्बपति बन्न सफल भएका छन् । यी व्यक्तिहरुमध्य यस्ता पनि छन् जसको एक वर्ष पहिले मात्र पनि कही परिचित थिएनन् । फोब्र्स पत्रिकाका अनुसार हेल्थकेयर सेक्टरसंग जोडिएका ११ देशका ५० जना २०२० मा अर्बपति बनेका छन् । यीमध्य लगभग तीस जनाभन्दा बढि चीनका भएको जनाइएका छन् ।
साइरस पुनावाला
सीरम इन्स्टिच्यूट आफ इन्डियावैक्सीन बनाउने सबैभन्दा ठूलो कम्पनी हो । यसका अध्यक्ष साइरस पुनावालाको सम्पत्ति ११ं.५ अर्ब डलर रहेको छ जनु चाहि साल भरमा लगभग दुई गुणा भएको हो । हुरुन रिसर्चका अनुसार योभन्दा अघिल्लो वर्ष उनी सबैभन्दा तिब्र रुपमा नेटवर्थ बढाउनेमा विश्वभरीमा पाँचौ नम्बरमा थिए । भने विश्वभरीमा उनी ८६ औं धनी व्यक्ति बन्न सफल भएका थिए ।
उगुर साहिन
बायोएन टेकको सीईयो उगुर साहिनाको बारेका एक वर्षअगाडिसम्म धेरै जनाले केही सुनेका पनि थिएनन् । बायोएन टेकले फाइजरसँग मिलेर भ्याक्सिन बनाएको छ । जसलाई अमेरिकी नियामक एफडीएले ९५ प्रतिशत इफेक्टिभ भ्याक्सिनिका रुपमा लिएको छ । साहिनसँग कम्पनीको १७ प्रतिशत शेयर छ । भने यसको शेयरको मूल्य योभन्दा अघिल्लो वर्ष १६० प्रतिशतले बढ्यो । उनको नेट वर्थ ४.२ अर्ब डलर पुगेको हो ।
स्टीफन बैंसेल
माडर्नाको सिईओ फ्रेन्च मूलका स्टिफन बैंसेलको नेटवर्थ ४.१ डलर पुगेको छ । उनीस“ग कम्पनीको ६ प्रतिशत शेयर रहेको छ र सो शेयरको मूल्य योभन्दा अघिल्लो वर्षभन्दा ५५० प्रतिशतले बढेको छ । अमेरिकी नियामक निकायले फाइजरपछि माडर्नाको भ्याक्सिनलाई पनि मञ्जुरी दिइसकेको छ । मार्डनाको शुरुवाती दिनहरुमा हार्वर्ड यूनिवर्सिटिका प्रोफेसर टिमार्थी स्प्रिंगर र एमआईटिको सान्इटिस्ट रोबर्ट लैंगरले पनि लगानी गरेका थिए ।
उनीहरु पनि अहिले उक्त कम्पनीको शेयरका कारण बिलियनेर बनी सकेका छन् । स्प्रिंगरले २०१० मा ५ लाख डलर लगानी गरेका थिए । अहिले ३.५ प्रतिशत इक्विटिको मूल्य १.६ अर्ब डलर पुगेको छ । लैंगर एमआइटीमा केमिकल इन्जिनियरिङका प्रोफसर पनि हुन । उनले २०१० मा माडर्नामा लगानी गरेका थिए । अहिले उनको उक्त कम्पनीमा होल्डिङ ३ प्रतिशत छ भने यसको मूल्य १ं.५ अर्ब डलर रहेको छ ।
प्रेम चंद गोधा
अहिलेको विश्व अर्थतन्त्रमा भ्याक्सिन बनाउने कम्पनी मात्र बिलियनेर भएको भने छैनन । भ्याक्सिन बाहेको क्टेगरीमा भारतीयहरुकोको स्थिति पनि राम्रो सम्पत्ति बढाउनेमा परेका छन् । त्यसमध्ये प्रेम चन्द गोधाको कम्पनी पनि परेको छ । उक्त कम्पनीले इप्का लैब्स जेनेरिक औषधि बनाउने गर्छ ।
तर मलेरियाको औषधि हाइडा«ेक्सि क्लोरोक्वीनको अचानक बिक्रि बढ्नुको कारण कम्पनीको शेयरको मूल्यमा धेरै वृद्धि भएको छ । एक वर्षमा कम्पनी को शेयर ९० प्रतिशतले बढेको छ । यसका कारण गोधाको कम्पनीको नेटवर्थ १.४ अर्ब डालरले बढेको छ । हाइड्रोक्सि क्लोरोक्वीनको पहिलो कोभिड –१९ को उपचारमा प्रभावकारी हुने बताइएको थियो । तर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले यसको खंडन गरेको थियो ।
गिरधारी, बनवारी और राजेन्द
भारतकै गिरधारी लाल बानवारी, बनवरी लाल बावरी र रार्जेद« अग्रवाल, यी तीन भाईहरुका मैकलोड फार्मास्युटिकल्स भारतको टप १० फार्मा कम्पनीमा भित्र पर्दछन । तथापि, उनीहरुको कम्पनी भारतको शेयर बजारमा सूचिकृत छैनन। यो कम्पनीले अस्थामा, डाइबेटीज र आँस्टियोपोरोसिसको जेनेरिक औषधि उत्पादन गर्छ । यो वर्ष यी तीन भाईहरुको कम्पनीको नेटवर्थ भने १.३ अर्ब पुगेको छ ।
कार्ल हैनसेन
क्यानाडाको कम्पनी एबसेलेराको बिजनेस एन्टीबाँडी उपचारसँग सम्बन्धीत छ । ११ डिसेम्बरमा यो कम्पनीको शेयर त्याहको स्टाट मार्केटमा लिस्ट भएको थियो । फाउण्डर र सीईयो कार्ल हैनसेनको हिस्सेदारी कम्पनीमा २३ प्रतिशत शेयर छ । तथापि लिस्टिङ्गपछि शेयर मूल्यमा गिरावट आयको छ । तर पनि हैनसेन को नेटवर्थ तीन अर्ब डलर पुगेकोे छ । हैनसेन २०१९ सम्म ब्रिटिश कोलम्बिया यूनिवर्सिटीमा पढाउद छन ।
सर्जियो स्टीवानाटो
भ्याक्सिन सप्लाईको लागि वायल्सको आवश्यकता हने गर्दछ । इटलीको सर्जियो स्टीवानाटो को कम्पनी स्टीवानाटो ग्रुप जर्मनको शाँटपछि ग्लास वायल बनाउने विश्वको दोस्रो ठूलो कम्पनी हो । यसले कोभिड भ्याक्सिन बनाउने ४० भन्दा बढि कम्पनीलाई वायल विक्री गरेको छ । बिजनेस बढ्नाले सर्जियो को नेटवर्थ १.८ बिलियन डलर भएको छ ।
अगस्त ट्रोएण्डल
अमेरिकी कम्पनी मेटपेस ठूलो कम्पनीका लागि रिसर्च गर्ने कम्पनी हो । यस कम्पनीको शेयरको मूल्य गत वर्षभन्दा ७० प्रतिशतले बढेको छ । त्यसैले यसको फाउण्डर तथा सीईओ अगस्त टो«एंडल को नेटवर्थ १.३ अर्ब डलरभन्दा बढि भईसकेको छ ।
हू कुन
चीनीयाँ कम्पनीमध्य प्रमुख एक काँन्टेक मेडिकल सिस्टम्सको चियरमैन हू कुन हुन । मेडिकल डिवाइस बनाउने कम्पनी काँन्टेकले पनि गत वर्ष अगस्तमा शेन्झन स्टाक एक्स्चेञ्जमा सूचिकृत भएको थियो । त्यसपछि यसको यस कम्पनीको शेयर १५० प्रतिशत बढ्दा हू कुनको सम्पत्तिको नेटवर्थ ३.९ अर्ब डलर भएको छ ।
प्रतिक्रिया दिनुहोस