aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बामदेव भन्छन्- ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
बामदेव भन्छन्- ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा दोस्रो हिउँदे अधिवेशनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्। 

उनले भने, ‘अविश्वासको प्रस्ताव आउला भन्ने सोचेको थिइनँ । आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकता बचाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ ।’ उनले अविश्वासको प्रस्ताव आउँदा ओलीको ठाउँमा आफू भएको भए के गर्थे होला भनेर सोच्दा सो प्रस्ताव दर्ताअघि नै पदबाट राजीनामा दिने निर्णयमा पुग्ने बताएका हुन् ।   

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदै गर्दा आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले नसोधेको गुनासो गरे। ‘पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव पटक पटक रोकेको थिए। तर, लैजाने बेलामा मलाई सोधिएनु उनले भने, ‘पार्टीभित्र आरोप प्रत्यारोपको पत्र लैजाँदा समस्या समाधान हुने विश्वास लिएको थिएँ।’

प्रधानमन्त्री ओलीको कारणले पार्टीभित्र पटक(पटक समस्या निम्तिएको उनले बताए। ‘ओलीको कारणले पाटीभित्र समस्या भइरह्यो। मैले धेरैपटक अनुरोध गरे। कति ग्रह गर्नुभयो कति गर्नुभएन। उहाँले मलाई मित्रको रुपमा लिनुहुन्छ। अझै पनि लिन्छु’ उनले भने। प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको बताए। गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस