aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वासिङ्टनमा १५ दिन संकटकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
वासिङ्टनमा १५ दिन संकटकाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो । बाँकी ३ जनाको मेडिकल इमरेजन्सीका कारण मृत्यु भएको डीसी महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । 

जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । त्यहाँको पछिल्लो अवस्थाबारे वासिङ्टनकी मेयर म्युरियल बोउसरले भनिन्, ‘धेरै मानिस हतियारसहित बाहिर निस्किएका छन् । उनीहरुले हिंसा भड्काउनुका साथै तोडफोड गरिरहेका छन् । उनीहरुले रसायन फ्याँकिरहेका छन्, इँटा, बोतल हान्ने र बन्दुक बोकेर प्रदर्शन गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस