
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरिएको छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरेको हो।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले नेकपा नेता गौतमलाई उक्त समितिमा मनोनयन गरेको जानकारी गराएको थियो। बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस