aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सबैभन्दा शक्तिशाली राहदानी जापानको, नेपालको १०४ औ स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ पुस २०७७
सबैभन्दा शक्तिशाली राहदानी जापानको, नेपालको १०४ औ स्थानमा

काठमाडौं । विश्वमा कोभिड महाव्याधीले आर्थिक र राजनैकि मात्र नभएर राहदानीको शक्तिमा समेत असर परेको छ । प्राय जस्तो विश्वको सबै देशहरुमा चरणबद्धरुपमा लकडाउन खुल्दै गए पनि आउदा दिनमा हवाई यात्रा जस्ता सम्वेदनशिल विषयमा भ्याक्सिन अनिवार्य हुनु पर्ने प्रावधान राखिने निश्चित छ । 

विश्वमा कुन देशको राहदानी कति भ्रमणमैत्री छ भनी गरेको सर्वेक्षण द हेन्ली पासपोर्ट इन्डेक्सले जापानी राहदानीलाई सबैभन्दा विश्वासीलो र शक्तिशाली मानेको छ । तत्काल जापानलाई विश्वको १९१ देशहरुले भ्रमण गर्न भिसा पाउने प्रथमिकतामा राखेका छन । यसका साथै एसियन नागरिकको डकुमेन्ट निरन्तर रुपमा विश्वको शक्तिशाली हुदै गएको देखिएको छ । 

त्यसैगरि, सिंगापुरले विश्वका १९० देशहरुमा भ्रमण गर्न पाउने प्राथमिकताको कारण दोस्रो स्थान कायम गरेको छ भने साउथकोरिया १८९ औ देशहरुको सूचिमा पर्न सफल भएको छ । यसरी शक्क्तीशालि डकुमेन्ट रहेको देशहरुमध्य एसिया प्यासिफिक क्षेत्रमा जापानले दबदवा कायम गर्न सफल भएको छ । 

हेन्ले एण्ड पार्टनरको सो पासपोर्ट इन्डेक्सले नेपालको राहदानी विश्वको लगभग चालिस देशहरुमा मात्र भ्रमण गर्न मञ्जुरी भएको देशहरुको सूचिभित्र पारेको छ । नेपाल र लिविया १०४ औं शक्तिशाली राहदानी भएको मुलुकमा परेका छन् र यसका साथै यी दुई देशहरुलाई मात्र लगभग ३८ वटा देशहरुमा भिजा प्राप्त सहजता छ । 

बेलायत र अमेरिकालाई ७ औं शक्तिशाली राहदानी भएको देशहरुको सूचिमा राखेको भएता पनि अमेरिकी ७५ वटा देशहरुभन्दा कम र बेलायतका नागरिकहरु ७० देशहरुभन्दा कम मात्र प्राथमिकता पाइरहेको प्रतिवेदनले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस