aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एलन मस्क विश्वको सर्वाधिक धनी व्यक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ पुस २०७७
एलन मस्क विश्वको सर्वाधिक धनी व्यक्ति

एजेन्सी । विश्वमा अहिलेसम्मकै धनी व्यक्ति जेफ बेजोसलार्ई पनि पछि पार्दै टेस्ला कम्पनीका मालिक एलन मस्क  सार्बाधिक धनी व्यक्ति बनेका छन् । उनको नेटवर्थ अब १८५ अर्ब अमेरीकी डलरभन्दा बढि भएको छ । 

विहिबार शेयर प्राइजमा आएको उछालका कारण उनी सन् २०१७ देखी विश्वका धनी मानिएका जेफ बसोजलाई पछि पार्दै विश्वभरीका धनीको एक नंम्बर सूचिमा परेका हुन ।  बेसोजको हाल सम्पत्ति १८४ अर्ब अमेरिकी डलर पुगेको छ । विगत केही वर्षदेखि उनको सम्पत्तिमा धरै उछाल आएको कारण उनी सबभन्दा छिटो विश्वको धनी व्यक्तीको सूचि भित्र पर्न सफल भएका छन् ।  

सबैभन्दा खास कुरा त उनको २०२० सम्म केवल २७ अर्ब अमेरिकी डलर सम्पत्तिसँगै पहिलो ५० धनी व्यक्ति भित्र रहेका थिए  । टेस्लाको शेयरको मूल्य आकाशियर झन्डै ९ गुणाले बढेको कारण उनको कुल सम्पतिमा लगभग १५० अमेरिकी डलर थपिएको छ । जवकि वासिङ्गटनबाट नियमन झन बढ्ने आशंकाले अमेजनको शेयर मूल्य खासै बढेन । 

एलन मस्कले जुलाइमा वारन बफेटर्लाइ पछाडि पार्दै ७ औं स्थान हारिल गरेका थिए। नोभेम्बरमा बिलगेटभन्दा अगाडि गएर दुनियाको दोस्रो धनी व्यक्ति बनेका थिए । उनले पछिल्लो १२ महिनाभित्र बिल गेट्को १३२ अमेरिकी डलर नेटवर्थभन्दा पनि बढि सम्पत्ति कमाएका छन् । विहिबार टेस्लाको शेयर ८ प्रतिशतले बढेर ८१६.०४ अमेरिकी डलरमा बन्द भएको थियो  । जसले गर्दा कंपनीको बजारमूल्य ७६० विलियन अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस