aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडाैं। बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थलमा पुगेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस