
एजेन्सी । अमेरिकी शेयर बजारमा बुधवार एउटा विशेष घटना घटेको छ । अमेरिकाको बन्दूक निर्माताहरूका शेयर मूल्यहरु १८ प्रतिशतले वृद्धि भएको छ । जुन दिन तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद परिसरमा आक्रमण गरेका थिए । वाशिंगटन डीसीमा भएको यस हिंसामा पाँच व्यक्तिको ज्यान गएको थियो ।
स्मिथ एण्ड वेसन ब्रान्ड र स्ट्रम रुजर अमेरिकाका प्रमुख बन्दूक उत्पादक हुन् । भिस्टा आउटडोर बन्दूकको लागि गोली बनाउने कम्पनी हो । यी तीन कम्पनीहरु अमेरिकी शेयर बजारमा सूचीकृत छन् । स्मिथ र वेसनको शेयर १८ प्रतिशत, भिस्टा आउटडोरको १५ प्रतिशत र स्ट्रम रुजरको १२ प्रतिशत बृद्धि भएको छ । भिस्टाको शेयर एक महिनामा ५० प्रतिशत, स्मिथको ३७ प्रतिशत र स्ट्रम रुजरको ८ प्रतिशत बढेको छ ।
गत वर्ष अमेरिकामा बन्दुक विक्रीको रेकर्ड नै भएको हो । हन्डगन र राइफल सहित कुल २.१ करोड बन्दुक बिक्री भएको थियो । यो २०१९ भन्दा ६० प्रतिशत बढी हो । यस अघि २०१६ मा १.६ करोड बन्दुकको रेकर्ड बिक्री भएको थियो ।
प्रति व्यक्ति औसत बन्दुकको सन्दर्भमा अमेरिका विश्वमा पहिलो स्थानमा छ । त्यहाँ प्रत्येक १०० जनासँग १२० बन्दुक रहेको छ । यो नम्बर धेरै बन्दुक नागरिकसँग भएको देश यमनको भन्दा अमेरिकामा दोब्बर बन्दुक छन ।
प्रतिक्रिया दिनुहोस