
काठमाडौं । बझाङमा जिप दूर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बझाङको मष्टा गाउँपालिका १ मा जिप जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलामा दुर्घटना हो ।
उक्त दूर्घटनामा चालकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लिग नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस