aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई शुरु

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात भएको छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई शुरु गरेको हो ।

शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक,कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका जानकारी दिएका छन् । 

बिजनेस विषयको पढाइको लागि प्रतिष्ठित शैक्षिक संस्थाको रुपमाआफूलाई स्थापित गरेको कलेजले हस्पिटालिटी विषयमा पनि उदाहरण बन्ने विश्वास कलेजले लिएको छ । चार वर्षको यो विषयको पढाईपछि उच्च तहको पढाईका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजको बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस