aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कसैले चाहेर पनि मलाई हटाउन सकेनन्ः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
कसैले चाहेर पनि मलाई हटाउन सकेनन्ः प्रधानमन्त्री

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

नले भने, ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन् ।’ आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्दै उनले पदबाट राजीनामा दिएर जोसुकैलाई हस्तान्तरण गर्न नहुने जिकिर गरे । मुलुकमा ६/६ महिनामा प्रधानमन्त्री परिवर्तन गरेर अस्थिरता ल्याउन खोजिएको अवस्थालाई ताजा जनादेशको घोषणा गरेर रोकिदिएको ओलीको भनाइ थियो । 

त्यस्तै, उनले सरकारले नयाँ मन्त्रीक्वार्टर, संसद भवन, ठूला सभाहल, लुम्बिनीमा ठूलो सभाहल, बगैचा, बाटोघाटो निर्माण गर्दा सरकारलाई देखिनसहेको जिकिर गरे ।  उनले भने, ‘विकास निर्माणको काम तीब्र गतिमा भइरहेको छ । तातोपानीको बाटो बन्दैछ । केरुङतिर जाने टनेल मार्गको पनि सर्वे भइरहेको छ । टनेल मार्गबाटपनि अब हामी केरुङ जान्छौँ र चिनियाँ बोर्डरमा पुग्छौँ । कुनैपनि समयमा आवागमन अवरोध नहुने किमाथाङ्काको बाटो तयार गर्दैैछौँ । ओलाङचुङ गोलाको बाटो तयार गर्दैैछौँ । महाकाली करिडोरको बाटो तयार गर्दैैछौँ । महाकालीको पुल तपाईले देख्नुभएको होला, आधा पुल बनिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस