
काठमाडौं । नेपाल जलस्रोतमा गर्ब गर्छ । सरकार खाडी मुलुकहरुमा मिनरलयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ । तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ ।
भन्सार विभागका अनुसार नेपालमा संयुक्त अबर इमिरेट्स (यूएई) बाट मात्र विगत ४ आर्थिक वर्ष (२०७२ देखि २०७६) मा २८ लाख ४७ हजार रुपैयाँको खानेपानी आयात भएको छ ।
यूएईबाहेक भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, अस्ट्रेलिया, क्यानडा लगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात हुने गरेको छ । उक्त अवधिमा ती देशबाट ७ करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ ।
सबैभन्दा बढी खानेपानी भारतबाट आयात हुने गर्छ । उक्त अवधिमा भारतबाट मात्रै ३ करोड ९६ लाख ४७ रुपैयाँको खानेपानी आयात भएको देखिन्छ । नेपालमा विदेशबाट मिनरलयुक्त, हिउँबाट प्रशोधित र चिनी मिसाइएको गरी ती प्रकारको पानी आयात हुने गर्छ ।
यूएईबाट दुई प्रकारको (हिउँबाट प्रशोधितबाहेक) र भारतबाट तीनै प्रकारको तथा अन्य मुलुकबाट सामान्यतः मिनरलयुक्त र चिनी मिसाइएको पानी आयात हुने गरेको तथ्यांकले देखाउँछ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस