aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बाईडेनको जितसँगै नेपालीहरुको लागि अमेरिकामा राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
बाईडेनको जितसँगै नेपालीहरुको लागि अमेरिकामा राहत

एजेन्सी ।अमेरिकी राष्ट्रपतिको पद ग्रहण गरे लगत्तै जो बाईडेनले आध्यागमन नीति खुकुलो बनाउने संकेत गरेका छन् । अमेरिकी राष्ट्रति जो बाईडनले आफ्नोे पदभार ग्रहण गर्न साथ नयाँ आध्यागमन विधेयक पेश गर्ने भएका छन् । जमैकन र भारतीय मुलका आप्रवासीका महिला कमला ह्यारीस उपराष्ट्रपति निर्वाचित भएका थिए । उनीहरुले अध्यागमन सम्बन्धि विधेयकलाई प्राथमिकता दिदै आएका थिए । 

यस अघि डोनाल्ड ट्रपले आध्यगमनन नीतिलाई कडाई गर्दै लगेका थिए । उनले आफू राष्ट्रपति भएदेखि नै अमेरिकाको आफ्नो सिमानामा पर्खाल लगाउने अभियान चलाएका थिए । उनले मुश्लिमहरुलाई अमेरिका भ्रमनमा रोक लगाउने, कागजात नभएका युवाहरुलाई निर्वासन गर्नबाट रोक्ने कानुन रद्द कानुनीलाई प्राथमिकता दिदै आएका थिए । 

 (टिपिएस होल्डर) आस्थायी सुरक्षण स्तर पाएकाहरुको निर्वासन गराउने, स्वास्थ्य बीमा गराउन नसक्ने खालका आप्रवासीहरुलाई भिजा नदिने, एच फोर र  एच वान बी जस्ता भिसामा कडाई, शरणार्थीहरुलाई कडाई गर्ने जस्ता नीति आवलम्बन आएका थिए । 

यस सम्बन्धमा अमेरिकी सार्वोच्च अदालतले २०२० मा डोनाल्ड ट्रम्प प्रशासनले बराक ओबामाको कार्यकालमा भएको निर्वासित सुरक्षा सम्बन्धि कानुनलाई रद्द गर्ने प्रस्तावलाई रोक लगाएको थियो । भारतीय मुलकी कमला ह्यारी अमेरिकी सांसद बने देखिनै डेमोक्रेटिकहरुको प्रगतिशिल एजेंन्डाको वकालत गर्दै आएकी छन् ।

 जस अन्र्तगत उनले ट्रम्पको अध्यागमन विरोधी नीतिको कटु आलोचना मानिदै आएकी छिन । उनले ड्रिर्मर भनेर चिनिने युवा आप्रवासीहरुलाई  निर्वासित गर्ने विधेयक रोक्नुका साथै पक्राउ परेकाहरुले पनि कानुनी प्रतिनिधि राख्न पाउनु पर्ने नीतिलाई अवलम्बन गराउन ठूलै योगदान गरेकी थिइन् । उनले विस्तृत अध्यागमन सुधारको पक्षमा भएता पनि ट्रम्पको अध्यागमन विरोधि नीति फिर्ता गर्दै अमेरिकाको मूल्य र मान्यता आधारित भई अमेरिकीहरुको भविष्य सुश्निचित गर्ने जनाउदै आएकी छन् । 

वाइडेनले झन्डै २१ लाख डिएसिए ड्रिर्मरको ग्रिनकार्ड प्राप्त गर्नु अघि सङ्क्रमनकालिन समयमा आउने विभिन्न किसिमका व्यावधानहरु समाधान गर्ने रोडम्यप नै तयार गरेको बताएका छन् । त्यसैगरी जो बाईडेन ले पनि ग्रिनकार्ड होल्डरहरुको अमेरिकाको नागरिकताको लागि नेच्यूरलाईजेसनको प्रक्रियामा पर्ने विभिन्न बाधाहरु हटाउने प्रतिज्ञा गरेका छन ।  साथै उनले स्टेममा विद्यावारिधि गर्नेहरुलाई गिन्र कार्ड लिन आग्रह गरेका छन् भने अरु स्नातकोत्तर गर्नेहरुको लागि पनि रोजगारिका लागि दिईने भिजामा समेत सिमा हटाउने भनेका छन् । 

इण्डियन अमेरिकन हुनुको नाताले लामो समयदेखि ग्रिन कार्डको पर्खाइमा रहेका भारतीय निवेदनकर्ताहरुका लागि बाईडेनलाई दाबाब दिने प्रवल सम्भावना रहेको छ । उनले २०१९ को विभिन्न देशका लगि तोकिएको सिमा हटाउने प्रयासलाई निरन्तरता दिइन भने धरै चीनिया“ र भारतीयहरुले ग्रिन कार्ड पाउने सम्भावना बढेर जानेछ । 

बाइडेनले ह्यारीसलाई आफ्नो उपराष्ट्रपति   चुनेर  उनी आध्यगमन सम्बन्धि विषयमा गम्भिर रहेको  जनाएका दिएका छन । तर, उनी धरै प्रगतिशिल डेमोक्रयाटहरुले भने जस्तो धरै लचिलो निर्णय लिने सम्भावना भने धेरै कम रहेको छ । उनले ट्रम्पको धरै जस्तो अध्यागमन विरोधी नीतिहरुमा सुधार गर्न अमेरिकन सिनेटका कांगे्रसस“ग मिलेर स्थिर ढंगबाट सुधार  गर्दै जाने तयारी गरेका छन् । 

तथापि बाईडेन र ह्यारीसको सफलता भने दुईवटा कारणमा भर पर्नेछ । पहिलो सिनेटका कांगे्रस र दोस्रो न्यायलय हो । यदि सिनेटमा बाईडेनको सहज बहुमत भयो भने उनलाई सो विधेयक फिर्ता गर्न रिपब्लिकनको विरोध समाना गर्न सहज हुनेछ । २०२२ डेमोक्रेटहरुको लागि अनुकुल परिस्थिति  देखिएकाले बाईडनलाई आफ्नो चार वर्षे कार्यकालमा अध्यागमन विधेयकमा अर्थपूर्ण सुधार गर्न सक्ने अपेक्षा गरिन्छ ।   

बाईडेनले अध्यागमन सम्बन्धि कानुनमा सुधार गरे नेपाल बाट जाने विद्यार्थीहरुका लागि सहज रुपमा ग्रिनकार्डदेखि अमेरिकाको नागरिकता लिन उचित वातावरण सृर्जना हुदै जाने छ । राष्ट्रपतिले एक उर्जाशिल, अभिलाषि, व्यक्तिगतरुपमा संर्घषशिल जीवन भएको मात्र नभएर क्यापिटल हिल र कानुनी प्रवर्तनमा गहिरो अनुभव भएको उपराष्ट्रति चुनेका छन् । त्यसैले वाईडेनले उर्जाशिल, वौधिक तथा प्राज्ञिक ह्यारिसस“ग सहकार्य गर्दै आप्रवासीहरुलाई अमेरिकामा बसोबास गर्न सहज वातावरण बनाईदिने आश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस