aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालमा पनि बन्न थाल्यो 'ग्रेट वाल'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
नेपालमा पनि बन्न थाल्यो 'ग्रेट वाल'

सिन्धुपाल्चोक । प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवाल जस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण सुरु गरिएको छ । कुल ६० किलोमिटर लम्बाई रहने ग्रेट ट्रेल निर्माणपछि चीनको विश्वकै दोस्रो लामो पर्खाल हुने दाबी गरिएको छ । 

हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने बन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ । 

सो मार्ग हेलम्बु १ बुद्धपार्कबाट सुरु भई समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा पर्ने सेर्माथाङ हुँदै लैजाने गुरुयोजना छ । 'ज्योमथाङ, आमायाङी, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, ढुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली ठाडोपाटी, पाकेडाँडा हुँदै घोप्टेध्याङ पुगेर अन्त्य हुनेछ' गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । 

विशेषगरी पर्यटक आकर्षित गर्नकै लागि लामो पर्खाल बनाइन लागिएको हो । लोपोन्मुख ह्योल्मो जातिको संस्कृति नेपालभर यहाँ मात्र देख्न सकिन्छ । गुम्बैगुम्बाको क्षेत्र भनेर चिनिइने हेलम्बुमा गुम्बा पुनर्निमाणपछि आनतरिक तथा बाह्य पर्यटक बढेपछि यसको परिकल्पना गरिएको हो । आजको कारोबार दैनिकमा समाचार छ । 

 


 

प्रतिक्रिया दिनुहोस