aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पेट्रोल ढुवानीकर्ताद्वारा हडताल गर्ने धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
पेट्रोल ढुवानीकर्ताद्वारा हडताल गर्ने धम्की

काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार आयल निगमलाई एक पत्र लेख्दै १२ असारभित्रै भ्याटमा दर्ता हुन नसक्ने र त्यो नियम लागू गर्न खोजे देशव्यापी रुपमा पेट्रोलियम ढुवानी बन्द गर्ने धम्की दिएका हुन् । 

पेट्रोलियम पदार्थको ढुवानीमा सिन्डिकेट चलाइरहेका ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले १२ असारपछि भ्याटको कारोबार अनिवार्य गरे ट्यांकरको साँचो आयल निगमलाई बुझाउने बताए । 'हामी अहिले नै भ्याट कारोबारमा जाने अवस्थामा छैनौं ।' 

आगामी आर्थिब वर्ष २०७६/७७ को बजेटले १२ असारदेखि सबै प्रकारका ढुवानी साधनलाई भ्याटको दायरामा ल्याउने नीति लिएको छ । तर, इन्धन ढुवानी व्यवसायीले आन्तरिक कारण देखाउँदै तत्कालै भ्याटमा जान नसकिने र जबर्जस्ती गरे इन्धन आपूर्ति रोक्ने आशयको पत्र निगमलाई दिएका छन् ।

देशभरका ट्यांकर व्यवसायीलाई १२ असारपछि साँचो बुझाउन तयारी अवस्थामा रहन पत्राचार गरिसकेको अर्यालले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस