aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मालपोतका हाकिमकै मिलेमतोमा मिलको जग्गा बेचिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
मालपोतका हाकिमकै मिलेमतोमा मिलको जग्गा बेचिँदै

गौर । गौरको मुटुको रुपमा रहेको राइस मिल फिल्ड जिल्ला मालपोत कार्यालय रौतहटकै मिलेमतोमा बेचिन थालेको रहस्य खुलेको प्रमाण फेला परेको छ।

मालपोत कार्यालय रौतहटका प्रमुख ओकिल पालले भूमाफियाहरुसित मिलेर जग्गा पास गर्ने सबै तरिका बताउने गरेको र सहयोगका लागि स्थानीय विभिन्न निकायका प्रमुखहरुसँग पनि चिनजान गराउने गरेको आरोप पनि लागेको छ।

२००३ मा गौर राइस एन्ड फ्लोर मिलको नाममा स्थापना भएको उद्योगले ५ बिगाहा १९ कठ्ठा १५ धुर जग्गा ओगटेको छ। करिब चार दशकदेखि स्थानीयले खेल मैदानको रुपमा प्रयोग गदै आएको राइस मिलको जग्गा २०२१ मा भूमि सुधार तथा सर्वेमा गौर राइस एन्ड फ्लोर मिल लेखिएको पाइएको छ।

तत्कालीन सरकार, देशका प्रतिष्ठित केही उद्योगी र केही भारतीयको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०३२ बन्द भएको थियो।

उद्योग बन्द भएपछि झन्डै वेवारिसे अवस्थामा रहेको जमिनमा स्थानीयले खेलकुदको आयोजना गर्ने तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने, मेला लगाउने, महायज्ञ गर्ने तथा राजनीतिक आमसभा गर्दै आएका थिए।

सरकारको समेत लगानी रहेको र उद्योग बन्द भएपछि उद्योगले चर्चेको जग्गा स्वतः सरकारको भएको हो भन्ने सामान्य मनोविज्ञान जिल्लाबासीको रहेको अवस्थामा २०६८ असार ८ मा सञ्चालक समितिको बैठक बसेर राइस मिलको जग्गा बेच्ने निर्णय गरेको पाइएको छ। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस