aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अन्ततः ट्रम्पले जेलको हावा खाने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
अन्ततः ट्रम्पले जेलको हावा खाने !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्ने तयारी गरिएको छ । अमेरिकाको राजधानी वासिङटनडीसी रहेको प्रान्त कोलम्बियाका महान्यायधिवक्ता कार्ल रसिनले यस्तो खुलासा गरेका हुन् ।
 
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रबासित समाचारहरुका अनुसार रसिनले ट्रम्प र उनका छोराका साथै अन्य केहि व्यक्तिहरुलाई राजधानि सहरमा दंगा भड्काएको आरोपमा पक्राउ गर्ने बताएका हुन् ।
 
उनले त्यहाँको न्याय विभागले राष्ट्रपतिलाई पक्राउ गर्ने कुराको कल्पना नगरेको भए पनि ट्रम्पले भड्काएको दंगाका विषयमा भने पक्राउ गर्न सकिने दाबी गरेका छन् । 

यस अघि पनि राष्ट्रपति रहेकै बेला क्लिनटनलाई पक्राउ गर्न सक्ने या नसक्ने भन्ने विषयमा बहश चलेको भए पनि आफू हालैका घटनाका लागि ट्रम्पलाई पक्राउ गर्न तयार रहेको रसिनले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस