aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्याङ्जाली विद्यार्थीले बनाए बाँदर धपाउने यन्त्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
स्याङ्जाली विद्यार्थीले बनाए बाँदर धपाउने यन्त्र

स्याङ्जा । बाँदर आतंकबारे स्थानीय तहदेखि प्रतिनिधिसभामा समेत आवाज उठिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउने यन्त्र निर्माण गरेको छ । वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेसन सेन्टरका प्रशिक्षार्थीले बाँदर धपाउने यन्त्र (मन्की रिटेलर डिभाइस) तयार पारेका हुन्् । 

फ्रिक्वेन्सी मोडुलरमार्फत बाँदरलाई अत्यन्त झ्याउ लाग्ने आवाज निस्कने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । 'सानो आकारको यो यन्त्रमा बाँदरलाई झ्याउ लाग्ने आवाज राखिएको छ । जुन आवाज मानिसका लागि अत्यन्तै मसिनो हुन्छ । बाँदरका लागि ठूलो र इरिटेड हुन्छ । बाँदर यो आवाज आउने ठाउँमा बस्न सक्दैन र भाग्छ' प्रमुख खाँणले भने, 'एउटा यन्त्रको आवाज ५ सय मिटरसम्म पुग्छ । सानो स्टिकर आकार (एक/डेढ वर्गााकार फिटमा) रहेको यन्त्रमा बिजुली वा ब्याट्री प्रयोग हुन्छ भने पानीबाट जोगाउनुपर्छ ।' 

गल्याङ नगरपालिका १० स्थित डुबिन्डाँडाका एउटा बस्ती बाँदर आतंककमा कारण लगभग खाली भएको छ । जिल्लाका सबै तह बाँदरबाट आतंकित छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

 

प्रतिक्रिया दिनुहोस