aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पूर्व-पश्चिम रेलमार्गः रेखांकनमै स्थानीयको अवरोध

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०२ माघ २०७७
पूर्व-पश्चिम रेलमार्गः रेखांकनमै स्थानीयको अवरोध

काठमाडौं । पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो ।

रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना गर्नुपरेको हो । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा गर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका हुन् ।

सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलका अनुसार रेगलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट अवरोध सिर्जना भएको हो ।

‘रेलमार्ग कहाँबाट लग्दा उपयुक्त हुन्छ । यो खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेलले भने, ‘यो प्रारम्भिक चरण हो ।’ सर्भेको क्रममा उपलब्ध गराएको विवरणको आधारमा रेल विभागले उपयुक्त स्थानबाट रेलमार्गको रेखांकन तय गर्छ ।

प्रतिक्रिया दिनुहोस