aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बेलायतको अर्थतन्त्र २.६ प्रतिशतले खुम्चियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
बेलायतको अर्थतन्त्र २.६ प्रतिशतले खुम्चियो

लन्डन । बेलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।  

बेलायती तथ्याँक कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा ०।६ प्रतिशतले कमी आएको जनाइएको छ । प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रुअरीको तुलनामा ८.५ प्रतिशतले सानो भएको छ ।  

कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २.६ प्रतिशतले घटेको जनाएको छ । नोभेम्बर महिनामा संयुक्त अधिराज्यका सबै चार देश (बेलायत, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड) मा लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएका थिए । 

बेलायतले अघिल्लो वर्ष मार्चदेखि जुनसम्म लगाएझैं यसै महिना (जनवरी) को शुरुमा पनि कडा लकडाउन घोषणा गरेको थियो । एएफपी  

प्रतिक्रिया दिनुहोस